बर्दियामा भन्सार छलीका अवैध सामाग्री बरामद


बर्दिया जेठ १३ – बर्दियाबाट प्रहरीले भन्सार छली गरेर ल्याइएका विभिन्न अवैध सामाग्री,लत्ताकपडा लगायत बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारी अनुसार प्रहरी चौकी महम्मदपुरको टोलीले गुलरिया नगरपालिका(११ बाट भन्सार छली गरेर ल्याएका तयारी कुर्ता सुरुवाल र प्लास्टिकको डोरी बरामद गरेको हो।

बरामद गरिएको अवैध सामाग्रीको मूल्य ४२ हजार ७१० रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। उक्त अवैध सामाग्री जेठ ९ गते बरामद गरेर भन्सार कार्यालय बुझाइसकेको प्रहरीले जानकारी दिएको छ। त्यसैगरी बर्दियाको प्रहरी चौकी चेपाङले बासगढी नगरपालिका(१ चेपाङबाट भन्सार छली गरेर ल्याइएको ४९ हजार ३ सय रुपैयाँ बराबरको रेडिमेट कपडा बरामद गरेको जिल्ला प्रहरी कार्यालयले बर्दियाले जानकारी दिएको छ। चेपाङ प्रहरी जेठ ९ गते बरामद गरेको सबै अवैध कपडालाई भन्सार कार्यालय पठाइएको छ।

यस्तै प्रहरी चौकी सुरजपुरबाट खटिएको टोलीले डीएपी र यूरीया मल बरामद गरेको छ। भारतबाट बिक्रीवितरण गर्ने उदेश्यले नेपाल भित्र्याइएको २७ हजार ३ सय रुपैयाँको डीएपी र यूरीया मल सुरजपुर प्रहरीले गुलरिया नगरपालिका(८ पर्सिया हुलाकी सडकबाट बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार सुरजपुर प्रहरीले जेठ ११ गते बरामद गरेको उक्त मललाई बर्दिया भन्सार कार्यालय बुझाइएको छ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर