प्रधानमन्त्रीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन हुँदैन :गगन थापा

काठमाण्डौ जेठ १२, – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन नहुने बताउनुभएको छ ।

आज बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आउँदा दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको हो ।

प्रधानमन्त्री ओलीले हिजो गोदावरीमा आयोजित नेकपा ९एमाले० बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै जेठ १५ गते सङ्घीय राजधानी काठमाण्डौलाई एमालेको नियन्त्रणमा राख्न दिर्नेशन दिनुभएको थियो । यो अभिव्यक्तिप्रति थापाले आपत्ति जनाउनुभएको हो ।

महामन्त्री थापाले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्रीले स्वयम् उत्तेजक हुने अभिव्यक्ति दिनु कल्पनाबाहिरको कुरा भएको बताउनुभयो । उहाँले आउँदा दिनमा त्यस्ता कुराहरू नबोल्न सचेत गराउनुभयो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर