बौद्धिक अपाङ्गता भएका बालबालिकाको क्षमता विकास तालिम सुरु

तुलसीपुर १३, दाङ ।
बैाद्धिक अपाङ्गता भएका बालबालिकाहरुकेा क्षमता विकासका लागि गुडिया(डल,खेलैाना ,कुसन) बनाउने सम्बन्धी १५ दिने तालिमकेा तुलसिपुरमा एक कार्यक्रमका बिच उद्घाटन गरिएकेा छ ।
लुम्बिनि प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास डिभिजन कार्यालय तुलसिपुर दाङकेा आर्थिक सहयेागमा र अपाङ्ग सेवा संघ तुलसिपुर दाङकेा आयेाजनामा बैाद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सिपसिकाई आत्मनिर्भर बनाउने र जीविकेापार्जनमा जेाड्ने मुख्य उद्देश्यका साथ बैाद्धिक अपाङ्गता भएका बालबालिका र तिनका अभिभावकहरुकालागि गुडिया (डल,खेलैाना,कुसन)निर्माण सम्बन्धी १५ दिने तालिमकेा आज एक कार्यक्रमका विच उद्घाटन गरिएकेा छ ।
सामाजिक विकास डिभिजन कार्यालय तुलसिपुर दाङका प्रमुख गिरिराज पाण्डे ज्युकेा प्रमुख आतिथ्यता एवम् अपाङ्ग सेवा संघ दाङका अध्यक्ष देवा डाँगीकेा अध्यक्षतामा उद्घाटन भएकेा थियेा ।
अपाङ्ग सेवा संघ दाङका सदस्य तेजकुमारी भुसालकेा स्वागत मन्तव्यबाट सुरु भएकेा तालिम उद्घाटन कार्यक्रममा बेाल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथि गिरिराज पाण्डेले तालिमकेा मर्म र उद्देश्य अनुरुप निरन्तर तालिममा सहभागी भएर सिप सिक्न र सिकेकेा सिपलाई व्यवहारमा उतारेर आफ्नेा जीवनलाई उदाहरणीय बनाउन सबै सहभागीलाई उत्प्रेरणा प्रदान गरे । प्रमुख अतिथि पाण्डेले अपाङ्गता हुनुमा व्यक्तिकेा कुनै देाष नहुने र आफु अपाङ्गता भएर पनि समाजमा केहि गरेर अगाडि बढ्न केासिस गरे असम्भव केहि नहुने भएकाले सिक्न केासिस गरे सिक्न सकिने कुरामा जेाड दिए । कार्यक्रममा बेाल्दै प्रमुख अतिथि पाण्डेले येा तालिमले समाजमा पछाडि पारेकेा बैाद्धिक अपाङ्गता भएका व्यक्तिहरुकेा वर्गलाई पनि केहि गरेर बाँच्न सक्छन् परिवरकेा बेाझ हेाईनन् भन्ने सन्देश दिने कुरामा आफु विस्वस्त भएकेा बताउँदै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तर अगाडि बढ्नेमा विस्वास दिलाए ।
वडाभित्र रहनु भएका अपाङ्गता भएका व्यक्तिलाई सिप सिकाई आत्मनिर्भर बनाउने र आर्थिक रुपले सशक्त बनाउन उद्येाग स्थापना गर्नका लागि अपाङ्गता भएका व्यक्तिलाई वडा कार्यालयले सहयेाग गर्ने कार्यक्रमका विशिष्ट अतिथि तुलसिपुर उपमहानगरपालिका वडा नं.५ का कार्यबाहक वडा अध्यक्ष भिमबहादुर के.सी.ले बताउनु भयेा ।
तालिम उद्घाटन कार्यक्रममा बेाल्दै विशिष्ट अतिथि राष्ट्रिय अपाङ्ग महासंघ लुम्बिनी प्रदेशका केाषाध्यक्ष अजय कुमार शर्माले तालिम सबै बैाद्धिक अपाङ्गता भएका व्यक्तिहरुकेा लागि प्रभावकारी रहेकेा बताए ।कार्यक्रममा बेाल्दै विशिष्ट अतिथि शर्माले अपाङ्गता भएका व्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन आवश्यक रहेकेा र सामाजिक विकास मन्त्रालयले यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।
उक्त तालिम उद्घाटन शत्रमा तुलसिपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास महाशाखा प्रमुख माया श्रेष्ठ,राप्ती बहिरा संघ दाङका निर्दशक प्रतिमा शर्मा, प्रशिक्षक रेणु जिएम,तिलसरा पुन लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।
७० जना अपाङ्गता भएका व्यक्ती र अभिभावककेा सहभागीता रहने तालिमकेा प्रशिक्षक रेणु जिएम । तिलसरा पुन रहेका छन् भने देाभाषे स्मृति येागीले गरेकी थिईन् । उक्त तालिम उद्घाटन शत्रकेा कार्यक्रमकेा सञ्चालन संस्थाका सचिव बसन्ती अेालीले गरेकी थिईन् ।