पहिरोले कालीगण्डकी सडक पूर्णरूपमा अवरुद्ध

गुल्मी, साउन १५ — गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिकास्थित गरगरे र मुल्कमा आज बिहान ठूलो चट्टानसहितको पहिरो खस्दा कालीगण्डकी सडक पूर्णरूपमा अवरुद्ध भएको छ ।
सडक बन्द भएको जानकारी पाएलगत्तै प्रहरी चौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । हाल पहिरो पन्छाउने काम जारी रहेको बताइएको छ ।