कालीतारामा झोलुंगे पुल निर्माण शुरु

दिप्तीशिखा चौधरी

दंगीशरण, १ पुस ।

दाङको दंगीशरण गाउँपालिका वडा न. १ कालीतराको आमखोलाघाट मलई खोलामा झोलुंगेपुल निर्माण शुरु भएको छ । उक्त पुल निर्माण कार्यको मंगलबार प्रदेश नं. ५ का प्रदेशसभा सदस्य धमकली चौधरी र गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीले सिलान्यास गरेका हुन् ।

सेवा प्रस्थान नेपालको करिब २६ लाखको लागतमा ३२ मिटर लम्बाई रहेको उक्त पुल निर्माण शुरु भएको पुल उपभोक्ता समितिका सचिव चन्द्रकला भण्डारीले जानकारी दिईन् । पुल निर्माण पछि दंगीशरण र शान्तिनगर गाउँपालिकालाई जोड्ने छ । पुलको सिलन्यास गर्दै सांसद चौधरीले पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज हुने बताईन् । उनले पछिल्लो समय मुलुकले बिकासमा गति लिन थालेको समेत बताईन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चौधरीले यो पुल निर्माण भएपछि दंगीशरण १ वासीलाई सहज हुने भन्दै खुसी ब्यक्त गरे । बर्षौदेखि बर्षादको बाढीले आवतजावतमा समस्या हुने गरेको भन्दै यो समस्या समाधान हुने बताए । सिलान्यास कार्यक्रममा ७० बर्षका नोखु वलीले पुलबाट हिड्न पाईने भन्दै खुसी समेत ब्यक्त गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर