दंगीशरणमा रनिङ्शिल्ड सुरु
दिप्तीशिखा चौधरी
दंगीशरण, १२ फागुन । दाङको दंगीशरण गाउँपालिकामा राष्ट्रपति रनिङ्शिल्ड सुरु भएको छ । त्यस अवसरमा प्रतिनिधिसभा सदस्य हिराचन्द्र केसीले स्वस्थ जिवनशैली र शारीरीक तन्दुरुस्तीका लागि खेलकुद मानिशको आधारभुत तत्व रहेको बताए । खेललाई एउटा विन्दुमा पु¥याउन अझैपनि धेरै कुराको अभाव रहेको र यो अभावका बिचमा पनि खेलकुदकर्मीहरुले उत्साहपूर्वक खेल खेलेको देख्दा आफुलाई खुसी लागेको बताए ।
दंगीशरण गाउँपालिकामा आजबाट सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सांसद के. सीले यस्तो बताएका हुन् । सांसद के.सी.ले भने – “खेलमा जुन खालको प्रचुर सम्भावना छ त्यसलाई हामी निकाल्न सकेका छैनौँ त्यसैले अहिले नेपाल सरकारले प्रत्येक गाउँपालिकामा सुबिधा सम्पन्न खेल ग्राउन्ड बनाउँने र प्रत्येक वडाहरुमा खेल मैदान बनाउँने राज्यको लक्ष्य छ । अवका दिनमा दंगीशरणका खेलाडिहरुलाई शसक्त रुपमा अगाडि बढाउँनका लागि , उर्जा र शक्ती प्रदान गर्नका लागि कोष खडा गरेर अगाडि बढाउँने ब्यवस्था गर्न सकिनेछ । यसले दंगीशरणका खेलाडिहरुलाई राष्ट्रिय स्तरमा पु¥याउँन सहयोग पुग्नेछ । ”
दंगीशरण गाउापलिकाका अधयक्ष भागिराम चौधरीको अध्यक्षता एंव संघिय सांसद हिराचन्द्र क.सीको प्रमुख आतीथ्यतामा भएको कार्यक्रममा प्रदेश सांसद धमकली चौधरीले दंगीशरणलाई शिक्षा क्षेत्रमा सफलता प्राप्त गर्नका लागि प्रदेश सरकारको तर्फबाट आफुले सहयोग गरिरहेको बताईन् ।
यस्तै दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बालबालीकाको सर्वाङ्गिन बिकाशका लागि खेलकुदको आयोजना गरिएको बताए । बिद्मार्थीहरुको रुचि रचाहाना लाई मध्यनजर गर्दै बालबालीकाहरु लाई हरेक क्षेत्रमा अगाडि बढाउँन सकिने र उनीहरुको सम्भावनालाई स्थान दिनका लागि शिक्षाको क्षेत्रलाई हरेक तहबाट फराकिलो बनाउँन तर्फ आफु लागेको बताए । उपाध्यक्ष पिमा कुमारी खड्काले दंगीशरण हरेक क्षेत्रमा अगाडि रहेको भन्दै खेलाडि बालबालीकाहरुको स्तर अझ माथी उठाउँन दंगीशरण गाउँपालिका सदैव साथ र सहयोग गर्ने बताईन् ।
सो अवसरमा युवा परिषद दाङका अध्यक्ष शुरेस रावतले स्वास्थ्य र राष्ट्र दुवैका लागि खेलकुद महत्वपूर्ण विषय भएको भन्दै दांङ जिल्लाको हकमा धेरै खेलाडि भएको गाउँपालिकाका रुपमा दंगीशरण नै चिनीने भएकाले अवका दिनमा सम्वेदनशिल तरीकाले अगाडि बढ्नुपर्ने बताए । गाउापालिकाका प्रशासकिय अधिकृत चनद्रकान्त पौडेलको स्वागत मनतब्य बाट शुरु भएको उद्घाटन शत्रको कार्यक्रमको शहजीकरण शिक्षा शाखा प्रमेख विनोद अधिकारीले गरेका थिए । तिन दिन सम्म चल्ने प्रतियोगितामा निजी तथा सामुदायीक बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर समुहका छात्र ÷ छात्राले भाग लिएका छन् ।
आज पहिलो दिन तीन खेल सम्पन्न भएका छन् । जसमा एथलेटिक्स तर्फ १ सय मिटर छात्र÷ छात्रा दौड, १५ सय मिटर छात्र÷छात्रा दौड र, सटपुट छात्र÷छात्रा तर्फको खेल सम्पनन भएको सचिवालय सदस्य प्रदिप चनदले जानकार िदिए ।