नयाँ पाइलामा डाक्टर रामकामेश्वरलाई सम्मान

बिजौरी, ३० साउन ।
तुलसीपुर १९ हाडिमेमा रहेको नयाँ पाइला पुर्न स्थापना केन्द्र प्रादेशिक आयुर्वेद चिकित्सालका डाक्टर रामकामेश्वर ठाकुरलाई सम्मान तथा बिदाई गरेको छ । संस्थाका निर्देशक सुरेश भुसालको अध्यक्षता एवम महिला नेतृ सुष्मा गिरीको प्रमुख आतिथ्यतामा बिदाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा डाक्टर रामकामेश्वर ठाकुरलाई दोसल्ला,सम्मान पत्र,अविरले सम्मान गरिएको थियो । संस्थाका निमित्त निर्देशक सुरेश भुसालले डाक्टर रामकामेश्वरले लागुपदार्थ दुव्र्यशनी उपचारार्थीहरुका लागि योगा, ध्यान,चेकजाँचका माध्यमबाट उल्लेखनीय योगदान पु¥याएको बताउनुभएको थियो । डाक्टर रामकामेश्वर यादवको नरदेवी चिकित्सालय काठमाडौमा सरुवा भएको छ । कार्यक्रममा योग प्रशिक्षण संगीता उपाध्याय लगायतकाले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रमको सञ्चालन संस्थाका प्रेस सल्लाहाकार गोकर्ण पौडेलले गर्नुभएको थियो ।
।