‘सरकारी अस्पताल सरह सेवा प्रवाह गर्छौ’
शरद रेग्मी
तुलसीपुर, १४ भदौ ।
तुलसीपुरमा क्षेत्रमा रहेका केहि निजी हस्पिटल मध्ये सिटी हस्पिटलले बिरामीको चापलाई मध्यनजर गर्दै सरकारी सेवा सुविधा सरह सेवा प्रवाह गर्ने प्रतिवद्धता जनाएको छ । अस्पताल व्यवस्थापन समितिको आकस्मिक बैठकले बिरामी भर्ना, ल्याव, एक्सरे सकारकारी दररेटमै गर्ने भएको छ भने डाक्टरले गर्ने चेकजाँचको शुल्क मिनाह गरेको छ । यस अघि डाक्टरको शुल्क साढे तीन सय रुपैयाँ लिने गरेको थियो । २५ शैयाको यस अस्पतालमा बिरामी भेट्ने आउने र कुरुवाका लागि छुट्टै व्यवस्था गरिएको छ ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिमल रिजालले अस्पतालमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएका छन् ।
यसैविच तुलसीपुर उपमहागनरपालिका नगर प्रमुख घनश्याम पाण्डेले आइतबार सिटी हस्पिटलको निरीक्षण समेत गर्नुभएको छ । सरकारी अस्पतालमा सेवा बन्द भएपछि सर्वसाधारण नागरिकको भिडभाड निजी क्लिनिक र हस्पिटलमा हुने भएकाले माहामारीको समयमा मानवीय संवेदनालाई ख्याल गरेर उपचारमा लाग्न नगर प्रमुख पाण्डेले सबैमा अपिल गर्नु भएको छ ।
२ जना डाक्टर सहित ९ जनामा कोरोना देखिएपछि राप्ती प्रादेशिक अस्पताल हिजो देखि सिल भएको छ ।