यात्रुलाई मास्क वितरण

तुलसीपुर, १२ असोज ।

तुलसीपुर बसपार्कबाट छुट्ने यात्रुहरुलाई मास्क वितरण गर्ने गरिएको छ । कोरोना भाइरस(कोभिड–१९) संक्रमणको जोखिम बढेको भन्दै अखिल नेपाल यातायत मजदुर संघ दाङले यात्रुहरुलाई निःशुल्क मास्क वितरण गर्दै आएको छ ।

असोज १० गतेदेखि तुलसीपुर बसपार्कबाट मास्क वितरण गर्दै आएको संघले असोज २० सम्म मास्क वितरण गर्ने छ ।

अखिल नेपाल ट्रेड युनियन प्रदेश नं. ५ का सचिब भरत भट्टराई, केन्द्रीय सदस्य घनश्याम डाँगी, जिल्ला उपाध्यक्ष छबि बुढाथोकीलगायतको सहभागितामा उक्त कार्यक्रम भएको हो ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर