दाङमा गुडिरहेको बसमा आगलागी

तुलसीपुर, २९ मंसिर ।

दाङमा गुडिरहेको यात्रुबहाक बसमाथि आगलागी भएको छ । बसको ब्याट्री सर्ट हुँदा तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको रा १ ख २३७४ नम्बरको बसमा आगलागी भएको हो । मानविय क्षति भने नभएको प्रहरी चौकी जसपुरका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर पुजाराले बताए । आज विहान ६ बजेतिर तुलसीपुरको १३ बखरियामा उक्त आगलागी हुँदा बस जलेर नष्ट भएको छ । गाडीमा १५÷१६ जना यात्रुहरु भएको प्रहरीले बताएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर