राप्ती प्रतिष्ठानमा हात, खुट्टा बांगिएका बिरामीको सफल अप्रेसन

दाङ, १० पुस ।

राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पुराना हात, खुट्टा बाङ्गिएर समस्यामा परेका बिरामीहरुको सफल अप्रेसन भएको छ । रुकुममा एक जना बालकको चार महिना अघि हात भाँचिएपछि सामान्य हातमा प्लष्टर गर्दा हात बाङ्गिदै गएको थियो । प्रतिष्ठानले उनको हातको सफल अप्रेसन गरेको छ । पुर्बी रुकुमका ११ बर्षिय बालक सुमन रोका राणाको पुरानो हात बाङ्गिएपछि समस्या हुदै गएको थियो । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक, हाडजोर्नि विशेषज्ञ डा. सागर पन्थिको चिकित्सक, स्वास्थ्यकर्मी, नर्शको टोलीले ती बालकको सफल अप्रेसन गरेको हो । बालकको स्वास्थ्य अबस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पताल निर्देशक पन्थिले अहिले प्रतिष्ठानमा पुराना हात,खुट्टा बाङ्गिएकाहरुको सफल अप्रेसन भइरहेको बताए । सामान्य हातमा प्लष्टर मात्रै गर्दा पछि हात, खुट्टा बाङ्गिदै जाने भएकाले सचेत हुन पनि उनले आग्रह गरे ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर