तुलसीपुरमा आर्थिक पुनर्लाभ कार्यक्रम

शरद रेग्मी

तुलसीपुर, ६ माघ ।

तुलसीपुरमा आर्थिक पुनर्लाभ कार्यक्रम परियोजना मगलबार एक कार्यक्रमका बिच समापन गरिएको छ । ग्रामिण क्षेत्रमा रहेका बिपन्न परिवारहरुका लागि युएसएआइडी तयार नेपाल र तुलसीपुर उद्योग बाणिज्य सघंको आयोजनामा बिभिन्न वडाहरुमा रोजगारमुलक कार्यक्रम लागु गरिएको परियोजनाका टिम लिडर बिनिल केसीले जानकारी दिए ।

बिभिन्न पाँच स्थानका २०३ जनालाई आर्थिक पुनर्लाभ कार्यक्रम परियोजना अन्तर्गत कामका लागि पौष देखि नगद शुभारम्भ कार्यक्रम सुरु गरिएको थियो । स्थानीय सरकार तुलसीपुर उपमहानगरपालिकासँगको समन्वयमा सञ्चालन भइरहेको परियोजनाको मगलबार एक कार्यक्रमकाबीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यतामा भएको थियो ।

सो अबसरमा प्र्रमुख पाण्डेले तयार नेपालको आगामि परियोजनाहरुलाई निरन्तरता दिनुपर्ने भन्दै आफुहरु हातेमालो गर्न तयार रहेको बताए । कामका लागि नगद कार्यक्रम सन्चालन अन्तर्गत बिस दिनमा दुई सय एक जनाले रोजगार प्राप्त गरेका थिय ।

अश्वारा भ्यु टावर निर्माण स्थलमा पर्खाल निर्माण र झाडि सरसफाई ,भमके खोला शबदाह स्थल जाने बाटो मर्मत र ग्याविनको कार्य,जनशक्ति बिकास केन्द्रको जग्गा संरक्षणका लागि पर्खाल तथा तारजालि निर्माण,त्यस्तै वडा नम्बर ६ को शिबशक्ति टोलमा सार्बजनिक जग्गाको सरक्षणका लागि पर्खाल र ट्रस निर्माण,वडा नम्बर १८ कार्यालयको कम्पाउण्ड निर्माण लगायतका कामहरु सम्पन्न गरेको छ ।

तुलसीपुर उद्योग बाणिज्य सघंका अध्यक्ष बिरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष नवराज लामिछाने लगायतले कोरोना महामारिका बिच निरन्तर फिल्डमा खटेर लक्षित बर्गको जिबिकोपार्जनमा सहयोग गरिरहने सस्थाहरु तयार नेपाल, तुलसीपुर उधोग बाणिज्य सघं र उपमहानगरपालिकालाई धन्यबाद ज्ञापन गरेका थिए ।

कार्यक्रमको सहजिकरण बाणिज्य सघंका कार्यालय प्रमुख पारेश्वर भट्टराईले गरेका थिए । सो परियोजना अन्तर्गर उपमहानगरका बिभिन्न वडाहरुमा सिप र उत्पादन मुलक कार्यक्रमहरु च्याउ खेति,तरकारि खेति र स्वरोजगार मुलक कार्यक्रमहरु सन्चालन बाट कोभिड १९ बाट पिरभाबित भई बिदेशबाट फर्किएका र अति बिपन्न परिवारका लागि केहि प्रतिशत राहत बाणिज्य सघंका प्रेस सल्लाहकार शरद रेग्मीले जानकारी दिए । कोरोना महामारिका कारण बिदेशबाट फर्किएकाहरु स्थानिय स्तरमै केहि दिन भएपनि रोजगार प्राप्त गरेकोमा खुसि ब्यक्त गरेका छन ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर