शान्तिनगरमा थप ४ जना काेराेना संक्रमण पुष्टि ५ जनाकाे डिस्चार्ज

शान्तिनगर- २१ बैशाख
शान्तिनगर गाउँपलिकामा थप ४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । आज थपिएका ४ जना संगै शान्तिनगरमा सक्रिय संक्रमितकाे संख्या ४५ पुगेकाे स्वास्थ्य शाखा संयाेजक हरी पुनले जानकारी दिनुभयाे । संयाेजक पुनका अनुसार आज ५ जनाकाे डिस्चार्ज भएकाे छ भने शान्तिनगर गाउँपालिकाले संचालन गरेकाे धनाैरी स्वास्थ्य चाैकीकाे आईसाेलेशनमा ६ जना भर्ना भएका छन् ।