छाडा कुकुरको बन्ध्याकरण अभियान: नेपालगन्ज उपमहानगरको पहल

कोहलपुर बैशाख ७- नेपालगन्ज उपमहानगरपालिकाले पछिल्लो समय नगर क्षेत्रमा बढ्दो छाडा र भुस्याहा कुकुरको सङ्ख्या नियन्त्रण गर्न ठोस कदम चालेको छ। कुकुरको आक्रामक व्यवहार, मानिसलाई टोक्ने घटनाहरू र सडकमै फैलिएको आतङ्कले गर्दा स्थानीय बासिन्दाहरू लामो समयदेखि चिन्तित थिए।

यसै सन्दर्भमा, उपमहानगरपालिकाको आर्थिक विकास समिति र पशु सेवा शाखाको संयुक्त आयोजनामा पाँच दिने विशेष शिविर सञ्चालन गरियो, जसअन्तर्गत २८१ वटा छाडा कुकुरको स्थायी बन्ध्याकरण गरिनुका साथै रेबिजविरुद्धको खोप पनि लगाइयो।

पशु चिकित्सक डा. आशिष थारूका अनुसार, यस अभियानले कुकुरको अनियन्त्रित प्रजननलाई रोक्नेछ र रेबिजजस्ता खतरनाक रोगहरूको जोखिम घटाउनेछ। “कुकुरको सङ्ख्या वृद्धि भएपछि सडक दुर्घटनाको खतरा बढ्ने, बालबालिकाहरू त्रसित हुने र स्वास्थ्यमा पनि समस्या आउने हुँदा बन्ध्याकरण अत्यन्त जरुरी भएको हो,” डा. थारूले बताए।

वडा नं. ४, ८ र ११ मा कुकुरको सङ्ख्या अत्यधिक देखिएको छ। वडाध्यक्ष गोपाल पुनका अनुसार, यी क्षेत्रहरूमा कुकुरको आतङ्कका कारण स्थानिय जनतामा त्रास थियो, जसले गर्दा कुकुरलाई रेबिजको खोप लगाउन र सङ्ख्या नियन्त्रण गर्न व्यापक दबाब आएको थियो।

शिविरमा पशु सेवा शाखा प्रमुख लक्ष्मी शाही, पशु स्वास्थ्य प्राविधिक शिव भुसाल लगायतको टोलीको सक्रिय सहभागिता रहेको थियो।

केवल कुकुर मात्र होइन, नेपालगन्जवासी अहिले बाँदरको बढ्दो आतङ्कबाट पनि हैरान छन्। स्थानीयहरूले उपमहानगरसँग बाँदर नियन्त्रणका लागि पनि तत्काल कदम चाल्न माग गरेका छन्।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर