दंगीशरण ५ का वडाध्यक्षको मोटरसाईकलमा आगलागी
तुलसीपुर, ३१ बैशाख
दाङको एक वडाध्यक्षको मोटरसाईकलमा आगलागी भएको छ । दंगीशरण गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष दीपक गौतम चढ्ने मोटरसाईकलमा आगलागी भएको छ । बुधबार दिउसो वडासचिब प्रेमप्रकाश चोधरीले चलाएको अबस्थामा एक्कासी उक्त मोटरसाईकलमा आगलागी भएको हो । वडाध्यक्ष गौतमका अनुसार रा १ ब ७२५ नम्बरको १५० सिसिको सरकारी पल्सर मोटरसाईकलमा पेट्रोल पम्मबाट पेट्रोल हालेर वडा कार्यालय फर्किने क्रममा आगलागी भएको हो ।
ईन्जिनमा आगो लागेको देखेपछि सचिबले मोटरसाईकल बन्द गरेर भागेका थिए । मानवीय क्षेति भने भएको छैन् । मोटरसाईकल पुर्ण रुपमा जलेर नष्ट भएको छ । दमकल दमकल र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा लिईएको हो ।