छात्रामाथि दुव्र्यबहार गर्ने शिक्षकलाई वाल यौन दुरुपयोग मुद्दा

तुलसीपुर, २८ फागुन ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित अमर माविमा अध्ययनरत छात्राहरुलाई दुव्र्यवहारको आरोपमा पक्राउ परेका प्राबि तहका शिक्षक पदम ओलीलाई वाल यौन दुरुपयोग सम्बन्धि मुद्दा दर्ता भएको छ । पीडितको जाहेरीका आधारमा मुद्दा दर्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएको छ ।

उनलाई कक्षा ६ मा अध्ययनरत दुई जना छात्राहरुको सम्वेदनशील अंग छोएको आरोप लागेको छ । आईतबार ति छात्राहरुले टाउको दुखेको भनि ति शिक्षकलाई जानकारी गराएपछि उनले चेकजाँचको नाममा सम्वेदनशील अंग छोएको आरोप लगाएका छन् । उनलाई बुधबार पक्राउ गरि ईलाका प्रहरी कार्यालय तुलसीपुर ल्याएको छ । यस अघि पनि ति शिक्षकले विद्यार्थीहरुमाथि हातपात गर्ने गरेको भनि विद्यार्थीहरुले आरोप लगाएका छन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर