माओवादी केन्द्र विजनगरको अध्यक्षको ट्याक्टर बालुवा चोर्दा समातियो

कपिलवस्तु , ३० फागुन ।

कपिलवस्तुको विजयनगर गाउँपालिकामा नदीजन्य पदार्थ चोरेर ल्याउँदै गर्दा २ सवारी साधन पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गणेसपुरको अनुसार आइतवार लोहरौला नजिकको खोलाबाट लु ३ त ५५१० नम्वरको टयाक्टर र रा १ ख १५३५ नम्बरको टिप्पर पक्राउ परेको बताइएको छ । पक्राउ परेको ट्याक्टर नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटि अध्यक्ष तेज प्रसाद पौडेलको रहेको स्थानीय कैलास भारतीले जनाएका छन् । माओवादी केन्द्र जस्तो जिम्मेवार दलको प्रमुखको सवारी साधन चोरी गरेको अवस्थामा पक्राउ हुनु लाजको विषय भएको स्थानीयले बताएका छन् । पक्राउ परेका सवारी साधन सोमवार विजयनगर गाउँपालिकालाई जरिमाना तिराई खुसुक्क निकालिएका छन् । पालिकाले सवारी साधनलाई १० हजार रुपैयाँ जरिमाना तिराएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर