पातुखोलामा भइरहेको अवैध उत्खनन् रोक्न उम्मेदवारहरुसंग स्थानीयको माग
तुलसीपुर, १६ बैशाख ।
तुलसीपुर – ७ गैरापातुका स्थानीयले पातुखोलामा भइरहेको अवैध उत्खनन् रोक्न माग गरेका छन् । पातुखोलामा भइरहेको उत्खनन्का कारण खोलाको सतह गहिरीदै जाँदा छेउँछाउँका वस्तीहरु जोखिममा पर्नुका साथै पानीको मुहानहरु समेत सुक्दै गएकाले अबिलम्ब रोक्न माग गरेका छन् ।
भोट माग्न गएका नेकपा एमालेको उम्मेदवारहरुसंग स्थानीय खेमराज विश्वकर्माले प्रायजसो उम्मेदवारहरुले जितेर गएपछि बोलेको कुराहरु विर्सीने गरेको बताउँदै जनताको आशालाई निराशामा परिनत नर्गन आग्रह गरेका थिए । त्यसैगरी स्थानीयले लाजपुर्जाको माग समेत गरेका थिए । सोअवसरमा मेयरका उम्मेदवार टीकाराम खड्काले जनताले राखेका मागहरु पुरा गर्न कटिपद्ध रहेको बताउँदै आफु पनि सुकुम्बासी, भूमिहीन भएकाले अव्यवस्थी बसोबासीलाई व्यवस्थीत र दलित, सकुमबासी तथा भूमिहीनलाई लालपुर्जा उपलब्ध गराउने बताउनुभयो ।
कार्यक्रममा उपमेयरका उम्मेदवार स्यानी चौधरी, एमाले दाङका संगठन विभाग प्रमुख श्याम डाँगी, तुलसीपुर उपमहानगरपालिका–७ का वडा अध्यक्षका उम्मेदवार डिल्ली भण्डारी लगाएतले जनताको काम गर्नका एकपटक निर्वाचनमा जिताएर पठाउँन आग्रह गर्नुभएको थियो । नेकपा एमाले तुलसीपुर उपमहागनरपालिका–७ का वडा कमिटी अध्यक्ष खगेश्वर पोखे्रलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य बालाराम रेग्मीले गर्नुभएको थियो ।