दाङमा डुवेर एक पुरुष बेपत्ता

तुलसीपुर,६ भदौं ।
दाङमा घोङ्गी खोज्न ड्याममा पसेका एक पुरुष बेपत्ता भएका छन । बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाही बस्ने ४० वर्षीय अम्मर चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सोमबार बिहान घरबाट कर्जाही ड्याममा घोङगी खोज्न भनेर गएका चौधरी डुवेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक राजन कुमार गौतमले जानकारी दिनुभयो । ।
स्थानियले डुवेको भन्ने थाहा पाएपछि दिउँसो १२ बजे प्रहरीलाई खबर गरेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिनुभयो । वेपत्ता भएका चौधरीको अहिले जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोली र स्थानियबासीले खोजिकार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।