तुलसीपुरका यातायात व्यवसायी आन्दोलित

तुलसीपुर, ८ भदौ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ दाङले कर वृद्धिको बिरोधमा तुलसीपुर घोराही सडक एक घण्टा चक्का जाम गरेको छ । महासंघले बिहान ९ बजेदेखि १० बजेसम्म सडकमा चक्का जाम गरेको थियो । त्यसैगरी १० देखि साढे ११ बजेसम्म यातायात व्यवस्था कार्यालय तुलसीपुरमा घेराउ समेत गरेको राष्ट्रिय महासंघ दाङका सचिव घनश्याम बस्नेतले जानकारी दिनुभयो ।
४२ दिनलाई ६ महिना मानेर सरकारले रुढ प्रमिट र सवारी जाँचपासमा चर्को शुल्क लिएको भन्दै चक्का जाम गरिएको महासंघले बताएको छ । यस अघि एक बर्षमा रुढ प्रमिट र सवारी जाँचपासका लागि एक हजार रुपैयाँ कर लाग्ने गरेको थियो ।
तर अहिले घटाएर ४२ दिन र त्यो पनि समयमा नबुझाएमा ३ देखि ५ हजारसम्म जरीबाना गर्ने निर्णय गरे पछि व्यवसायी आन्दोलित भएका हुन ।