डा.गैरे र अभिलाषीलाई कर्मयोगी बद्री विक्रम पुरस्कार प्रदान


कोहलपुर बाँके असोज २०

यस वर्षको कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार डा। नारायणप्रसाद शर्मा गैरे र कवि नवीन अभिलाषीलाई प्रदान गरिएको छ ।

हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले शनिबार कोहलपुरमा आयोजना गरेको एक भव्य साहित्यिक समारोहमा प्रमुख अतिथि, गोरखापत्रका पूर्वप्रधान सम्पादक साहित्यकार श्रीओम श्रेष्ठ रोदनले कर्मयोगी बद्री विक्रम पूर्णिमा वाङ्मय पुरस्कार डा। गैरे र कर्मयोगी बद्री विक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कारबाट अभिलाषीलाई सम्मानित गरेका हुन् ।

बद्री विक्रम थापाको नाममा स्थापित पुरस्कारको राशी जनही २० हजार पाँच रुपैयाँ रहेको छ ।

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी, कोहलपुर नगरपालिकाका प्रमुख पूर्णप्रसाद आचार्यलगायतले पुरस्कृत श्रष्टालाई बधाइ तथा शुभकामना दिएका थिए ।

यसअघि क्रमशः वाङ्मय पुरस्कार कलाकार प्रेमदेव गिरी र युवा प्रतिभा पुरस्कार शेखर दहितलाई प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष कपिल अन्जानले बताए ।

उनले भाषा, कला, साहित्यमा निरन्तर सक्रिय रूपमा लाग्दै आएका व्यक्तिहरुलाई सम्मान गरिँदै आएको बताए ।

कार्यक्रममा डा। देवेन्द्र आचार्यले गजल, शान्ति अधिकारीले मुक्तक, बद्री ढकाल हिरामणिले हाइकू, चन्द्रावती अधिकारीले छन्द कवि, लक्ष्मण मानवले गद्य कविता, निरन्जना चन्द निरूले साइनो, शान्ति सुनारले गीत र निकिता बोहराले बाल कविता वाचन गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर