प्रेस चौतारी दाङको अध्यक्षमा सुधासुमन ढकाल

घोराही, १९ माघ ।
प्रेस चौतारी नेपाल दाङको अध्यक्षमा सुधासुमन ढकाललाई चयन गरएिको छ । शनविार घोराहीमा सम्पन्न जल्लिा शाखा दाङको १० औँ अधिबेशनबाट ढकालको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरएिको हो ।
जसको खुला उपाध्यक्षमा बिमल योगी, महिला उपाध्यक्षमा लक्ष्मी पोख्रेल, सचिवमा निमुसंगम घर्ती, सहसचिवमा सन्तोष खनाल, समावेशी सहसचिवमा भ्यूमान पुन मगर, कोषाध्यक्षमा चन्द्रप्रकाश नेपालीलाई चयन गरएिको छ । यस्तै सदस्यहरूमा महेश बस्नेत, सुशील परियार, चेतन ओली, दीपक ओली, रामप्रसाद सुवेदी, कपिल लामछिाने, अनुप आचार्य, कैलाश घर्ती मगर, अभिसेक डाँगी, हिमाल बिस्वकर्मा, अशोक नेपाली, अरुण नेपाली, सुरक्षा चौधरी, निशा कुमारी चौधरी, दिपक चौधरी, प्रेमकुमारी बुढा, हिमाल खड्का, शैलेश अधिकारी, रमा नेपाली र राजकुमार बिस्वकर्मालाइ चयन गरएिको छ ।
प्रेस चौतारी दाङका अध्यक्ष प्रेमबहादुर राम्जाको अध्यक्षता तथा केन्द्रीय उपाध्यक्ष सबिन प्रियासन प्रमुख अतथ्यिमा दशौं अधिबेशन सम्पन्न गरिएको थियो । अधिबेसनको उद्घाटन सत्रको प्रमुख वक्ताका रुपमा घोराही उपमहानगरपालकिाका नगरप्रमुख नरुलाल चौधरी रहनुभएको थियो। उपाध्यक्ष सुधासुमन ढकालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव किरण गौतमले गर्नुभएको थियो।

कार्यक्रममा प्रेस चौतारी प्रतिभा पुरस्कारबाट पत्रकार दिपक जीएम र प्रेमकुमारी बुढालाई सम्मान गरिएको थियो। यस्तै भुवन देवकोटालाई अविराम सम्मान गरिएको छ । बिभिन्न सहयोगी संस्थाहरुलाई सम्मान गरिएको थियो।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर