घरेलु हिंसाको आरोपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर स्लेटरलाई जेल सजाय

एजेन्सी वैशाख ९- घरेलु हिंसाको आरोपमा अस्ट्रेलियाका पूर्वक्रिकेटर माइकल स्लेटरलाई अदालतले जेल सजाय सुनाएको छ । घरेलु हिंसाको आरोप स्वीकार गरेपछि अदालतले पूर्वक्रिकेटर स्लेटरलाई चार वर्षको जेल सजाय सुनाएको बीबीसीले जनाएको छ ।

५५ वर्षीय पूर्वक्रिकेटरलाई अदालतले चार वर्षको सजाय सुनाए पनि सन् २०२४ मा जमानत अस्वीकार भएपछि एक वर्षभन्दा बढी समय हिरासतमा बिताइसकेकाले तुरुन्तै रिहा गर्न पनि आदेश दिएको छ ।

सन् १९९३ देखि २००१ सम्म अस्ट्रेलियाका लागि ७४ टेस्ट खेलेका स्लेटरले घरेलु हिंसासहित ७ वटा आरोपमा दोष स्वीकारेका खबरमा उल्लेख छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर