दाङबाट बिप्लवका २१ नेता पक्राउ

तुलसीपुर, ३० असोज ।

दाङबाट २१ जना बिप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार नेपाल–भारत सीमा नाका अन्तर्गत दाङको राजपुर गाउँपालिका वडा नंं ४ को मुग्रेटाखोला स्थित एक जंगलबाट पक्राउ गरिएको हो । त्यहाँ बिप्लवको बैठक भईरहेको सूचनाका आधारमा पुगेको प्रहरीको टोलीले बिहीबार बिहान १ बजेतिर पक्राउ गरेको हो । पक्राउ पर्नेमा बिप्लवका मध्यपश्चिम कमाण्ड ईञ्चार्ज बिरजंग चन्द, केन्द्रीय सदस्य तथा राप्ती ब्यूरो ईञ्चार्ज सुवास बाठा, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटनलगायतका नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङतर्फ ल्याउदै गरिएको छ । चन्द बिप्वलका दाई हुन् ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर