दुई यात्रुबहाक बस ठोक्किदा २२ यात्रु घाईते

तुलसीपुर, ४ कात्तिक ।

दाङमा दुई यात्रुबहाक बस दुर्घटना हुँदा २२ जना यात्रु घाईते भएका छन् । सोमबार साढे ४ बजेतिर घोराही उप–महानगरपालिका ३ बर्गदुवाचोक स्थित घोराहीबाट नेपालगंज तर्फ जादै गरेको ना ५ ख ३९५३ नम्बरको बस र लमहीबाट घोराही तर्फ आउदै गरेको लु१ख ९६७९ नम्बरको बस एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

घाईते २२ जनाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । सबै घाईतेको अबस्था मध्यम रहेको छ ।

बस र दुबै चालक प्रहरीको नियन्त्रणमा लिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर