आलोचनाबाट भागेर समस्या समाधान हुँदैन् ः मुख्यमन्त्री
तुलसीपुर, २० कात्तिक ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरलेले आलोचनाको सामना गर्न सक्नु नै सक्षम नेतृत्व भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाङले बुधबार तुलसीपुरमा आयोजना गरेको जिल्ला स्तरीय बैचारिक तथा राजनीतिक प्रशिक्षण कार्यक्रममा पोखरेलले यस्तो बताए । ‘कुनै समय दुईवटा पुल बनाएर धैरै बिकास भयो, भनी प्रचार गरिएको छ’ उनले भने‘ तर अहिलेको सरकारले दर्जनौ पुलहरु निर्माण गरेको छ, तै पनी केही पनि भएन्, भनेर अनाबश्यक आलोचना गर्ने गरिएको छ, यस्ता आधारहीन आलोचनाको हामीले सामना गर्नुपर्छ ।’
उनले बिपक्षहरुले आलोचना गरेमा आतिने र प्रसांसा गर्दैमा रमाउने गरेमा हामी आफैमा कम्जोर हुने भन्दै यसमा सजक रहनुपर्ने समेत बताए ।
उनले पार्टी एकता चुनाब जितेर सरकार बनाउनलाईमात्रै नभई समाजलाई रुपान्तरण गर्न एकता गरिएको बताए ।
साथै उनले माडी–दाङ डाईभर्सनको काम पनि अघि बढ्ने बताए । यही २२ गते छलफल हुन लागेको र केही समयमा प्रक्रियालाई थप तिब्रता दिईन समेत उनको भनाई छ ।
त्यस अवसरमा नेकपा प्रदेश अध्यक्ष ओनसरी घर्तीले मन्तब्य ब्यक्त गरेकी थिईन् । जिल्ला अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सचिब सुवास पुनले गरेका थिए ।