उम्मेदवारलाई २५ गते उम्मेदवारलाई चिनाब चिन्ह प्रदान गरिने

तुलसीपुर, २१ कात्तिक ।

निर्वाचन आयोगले २५ गते उम्मेदवारलाई चुनाब चिन्ह प्रदान गर्ने भएको छ । निर्वाचन आयोगका अनुसार कार्तिक २२ गते उमेद्वारको बिरोधमा उजुरी दिने, २३ गते उजुरी माथी जाँचबुझ गर्ने र सोही दिन उमेद्वारहरुको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत धनीप्रसाद चपाईले जानकारी दिए । यस्तै २४ गते उमेद्वारी फिर्ता लिने समय दिइएको छ भने २५ गते उमेद्वारलाई चुनाब चिन्ह प्रदान गर्ने र मंसिर १४ गते चुनाब हुने छ ।

प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परेर निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । निर्वाचन क्षेत्र नम्बर ३ को (ख) मा ६८ हजार ७ सय १९ जना मतदाता रहेका रहेका छन् । भने ३२ मदातन स्थल र त्यस भित्र ७७ केन्द्र निर्धारण भएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर