सीडको नमूना विद्यालय जहाँ नियमित विद्यालय पठाउने आमालाई सम्मान गरिन्छ

दीपक बोहरा

दंगीशरण, २८ कात्तिक ।

दाङ दंगीशरण गाउँपालिका वडा नं. २ स्थित प्राबि कौवाघारी । जहाँ पुग्दा सबै कक्षा कोठाको बाहिर फिल्टर देखिन्थ्यो । खानेपानी अभाब भएको त्यस क्षेत्रमा बाहिरबाट पानी ल्याएर फिल्टर गरेर विद्यार्थीलाई पानी खुवाउने गरिन्छ । जहाँ विद्यार्थीलाई फिल्टर गरेको सुद्ध पानी खुवाउने गरिन्छ, भन्ने एउटा उदाहरण पनि बनेको छ । पानीकै कारण पनि विद्यार्थीहरुलाई धेरै रोग लाग्न सक्ने भएकाले पनि फिल्टर गरिएको पानी खुवाउन उत्तम मानिन्छ । त्यस्तै विद्यालय नजिकै नजिकै भित्तामा टाँसिएको बालवालिका संरक्षण सम्बन्धि विद्यालयको नीति । यसले पनि विद्यार्थी तथा शिक्षक मात्रै नभई बाहिरबाट जाने बिभिन्न सरोकारवाला ब्यक्तिको पनि ध्यान केन्द्रीत गर्ने गर्छ ।

शिशुकक्षादेखि कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयको भित्र फरद दृष्य देखिन्थ्यो । जहाँ कक्षा कोठामा विद्यार्थीहरुलाई बेञ्चमा बसालिएको थिएन्, उनीहरुलाई पठन–पाठनमा सहज होस भनी ‘राउन्ड टेवल’ राखिएको थियो । त्यसले शिक्षकलाई पढाउन पनि सहज भएको थियो, भने विद्यार्थीहरु पनि पढाईमा पूर्ण रुपमा ध्यानाकर्षण भएको थियो । यो पनि विद्यालयमा गरिएको नयाँ अभ्यास थियो । दाङमा अन्य विद्यालयमा यस्तो अभ्यास बिरलै पाईन्छ ।

विद्यालयमा दैनिक विद्यार्थीहरुको रेकर्ड पनि विद्यार्थीले बुझ्ने गरि राखिएको थियो ।‘ धेरै विद्यार्थी अनुपस्थित हुन थाले, त्यसपछि हामीले विद्यार्थीहरुलाई नियमित बनाउन दैनिक कति बिद्यार्थी आउछन्, त्यो प्रत्येक कक्षा कोठामा टाँस गर्ने गरेका छौं’ विद्यालयका प्रधानाध्यापक लक्ष्मण देवकोटाले भने‘ यसले विद्यार्थीहरुको संख्यामा बृद्धि भएको छ ।’

कति रोल नम्बरको विद्यार्थी आएन्, भन्ने गरि त्यसरी तालिका तयार पारिने गरेको उनले बताए । यो संगै शिक्षक, विद्यार्थीको मेहनत र अभिभावकको साथ र सहयोगले गर्दा प्रत्येक बर्ष बिद्यालयले नतिजा पनि सुधार गर्ने गरेको छ । यसका पुष्टि कक्षामा टाँस गरिएको कक्षागत सिकाई उपलब्धिले पुष्टि गर्छ । विद्यालयले सबै कक्षामा प्रत्येक बर्षको कक्षागत, तहगत र बिषयगत सिकाई उपलब्धी टाँस गरेको छ । सोही सिकाई उपलब्धीको आधारमा प्रत्येक बर्ष उपलब्धी बृद्धि गर्ने कसरतमा विद्यालय हुने गरेको प्रअ देवकोटाले बताए ।‘ हामीले प्रत्येक बर्षको सिकाई उपलब्धी कक्षामा टाँस गर्ने गरेका छौं’ उनले भने‘ त्यसको आधारमा प्रत्येक बर्ष सिकाई उपलब्धी बृद्धि गर्ने लक्ष्य निर्धारण गर्ने गर्छौं ।’

यही विद्यालयलाई समाजमा वातावरणीय शिक्षाको विकास(सीड)ले नमूना विद्यालय बनाउने तयारी गरिरहेको छ, अन्य संघसंस्थाहरुले पनि त्यो विद्यालयको शैक्षिक स्तर बृद्धि गर्न सहयोग गरिरहेका छन् । अहिले विद्यालयमा तीन वटा भवन रहेका छन्, तर ति भवन अप्रयाप्त भएकाले अन्य भवन पनि आबश्यक पर्ने प्रअ देवकोटाको भनाई छ । उनका अनुसार विद्यालयको सिकाई उपलब्धि पनि करिब ७५ प्रतिशतको हाराहारीमा रहेको उनको भनाई छ । विद्यार्थीको संख्या पनि बढिरहेको उनले बताए ।‘यस अघि ८३ जना विद्यार्थी थिए’ उनले भने‘ अहिले बढेर एकसय ३ जना विद्यार्थी रहेका छन् ।’

अहिले सबै भन्दा धेरै हाँजिर हुने आमालाई सम्मान समेत गर्ने गरेको देवकोटाले बताए ।‘हामीले जति सक्दो विद्यार्थीहरुलाई नियमित बनाउने अभियानमा छौं’ उनले भने‘ सोही अनुसार हामीले नियमित विद्यार्थीलाई विद्यालय पठाउने आमालाई सम्मान समेत गर्ने गरेका छौं ।’

अहिले कुनै पनि बाहानामा विद्यार्थीबाट शूल्क समेत नलिने गरेको उनको भनाई छ । साथै विद्यार्थीहरुको क्षमता विकासकालागि क्लब गठन, नियमित सामाजिक लेखापरीक्षण, समयमै एसआईपी, गुनासो तथा सुझाब समिति गठन, शैक्षिक पात्रो अनुसार पठन–पाठन, प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप हुने गरेको उनको भनाई थियो ।

उक्त विद्यालयमा शिक्षकको लगाब तथा अभिभावकका सहयोगले राम्रो नतिजा ल्याउँदै गरेको दंगीशरण गाउँपालिका वडा नं. २ का अध्यक्ष तुलसीराम देवकोटाले बताए । अब विद्यालयमा तारवार गर्ने, कम्प्युटरको शिक्षक उपलब्ध गराउने लगायतका काम बाँकी रहेकाले यी काममा वडा तथा गाउँपालिकाको तर्फबाट सहयोग गर्ने समेत बताए ।

उक्त विद्यालय दंगीशरणको राम्रो विद्यालय भएकाले त्यसलाई नमूना बनाउने गरि आफुहरु अघि बढेको सीडका कार्यक्रम संयोजक माधव चौधरीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर