शान्ति समाज दाङकाे घोषणा जारी बैठक सकियाे
को दाङ घोषणा जारी
तुलसीपुर, २८ मंसिर ।
मानब अधिकार तथा शान्ति समाजको राष्ट्रिय बैठक शनिबार सकिएको छ । ‘मानव अधिकार आन्दोलनको गन्तव्यः लागुऔषध÷मदिरा दुव्र्यसनीको अन्त्य’ भन्ने मुल नाराका साथ तुलसीपुरमा भएको मानव अधिकार
तथा शान्ति समाजको २२ औं बैठक बिभिन्न प्रस्ताव पारीत गर्दै शनिबार भएको हो ।
बैठकले हालै भएको भारतीय पक्षको सिमा अतिक्रमणका विषयमा गम्भीर वहस गर्दै कालापानी लिपुलेकलाइ नेपाली स्वाभिमानका रुपमा प्रस्तुत गरी तत्काल त्यहांबाट भारतीय सेना हटाउने सन्दर्भमा पहल गर्न नेपाल सरकारलाइ आग्रह गर्ने प्रस्ताव सर्वसम्मत रुपमा पारीत गरेको छ । त्यस्तै सन १९६० देखिकै भारतीय सरकारका गतिविधिले नेपालीहरुको स्वाधिनता र दुइदेशबीचको सुमधुर संबन्धमा पनि खलल पुराउने ठहर थर्दै यस्तो आग्रह गरेको हो ।
त्यस्तै बढ्दै गएको तापमानका कारण जलवायु परीवर्तन र विश्वव्यापी उष्णतावारे सचेतना जगाउने र हिमालय बचाउ आन्दोलन पनि सुरु गर्ने प्रस्ताव पारीत गरेको छ । भारत र चिनमा भएका विशाल औद्योगिकरणका कारण हिउँ पग्लन र हिमताल फुट्ने सम्भावनालाइ मध्यनजरगर्दै यस्तो प्रस्ताव पारीत गरेको हो ।
मानव अधिकार आन्दोलनको गन्तव्यः लागुऔषध÷दुव्र्यशनको अन्त्य अभियानलाइ नागरीक आन्दोलनका रुपमा फैलाउने पनि प्रस्ताव पारीत गरेको छ । मदिराजन्य पदार्थको सेवनले समाजमा विभिन्न विकृति र विसंगति मात्र होइन्, घरेलु हिंसा र व्यक्ति हत्या सम्मका घटनाहरु भएको निश्कर्ष लिकाल्दै यसलाइ अन्त्य गर्नकालागी नागरीक आन्दोलन अभियानको प्रस्ताव पारीत गरेको महासचिब सुशिल बस्नेतले बताए ।
वर्तमान शिक्षाले आन्तरीक रोजगारीको अवस्था सृजन ागर्न नसकेको एउटा अवस्था छ भने अर्कोतीर यो शिक्षा व्यवहारीरिक पनि नभएको निश्कर्ष सहित बैज्ञानिक शिक्षाको अभियानलाइ प्रार्थमिकता दिन सरकारलाइ आग्रह गर्ने प्रस्ताव पनि पारीत गरेको छ । साथै अझैपनि मुलुकका आम नागरीकहरुलाइ सुलभ स्वास्थ्य उपचार सेवा पुग्न नसकेकाले गुणस्तरीय स्वास्थ्यकालागी पनि देशव्यापी अभियान सन्चालन गर्ने
प्रस्ताव पारीत गरेको छ ।
कारागार अझैपनि सुधारगृह बन्न सकेको अवस्था छैन । कारागारमा रहेका
बन्दीहरुले सौचालय, विस्तारा, खानपीन लगायत धेरै मानव अधिकारका न्युनतम अधिकार पनि पाउन नसकेको परीपेक्षमा कारागारलाइ सुधारगृहका रुपमा सन्चालनकालागी आवस्यक पहल गर्न नेपाल सरकारलाइ आग्रह गर्ने प्रस्ताव पनि पारीत गरेको छ ।
मानव वेचविखनलाइ पनि गम्भीर अपराधका रुपमा ग्रहण गर्दै
बैठकले मानव वेचविखन र ओसार पसारलाइ पनि मानव घातका रुपमा विश्लेषण गर्दै त्यसमा गम्भीर बन्न सरकारलाइ ध्यानाकर्षण गराउने प्रस्ताव पनि सर्वसम्मत रुपमा पारीत गरिएको बैठकपछि जारी विज्ञप्तीमा जनाइएको छ । तुलसीपुरमा संपन्न २२औं राष्ट्रिय परीषद बैठकमा मुलुकभरीका कम्तिमा साढे २ सय प्रतिनिधिहरु तथा केहि पर्यवेक्षकको समेत सहभागिता रहेको थियो ।
बैठक अहिंशावादी मानव अधिकार अभियन्ता कृष्ण पहाडीको सहभागितामा भएको थियो । सो अबसरमा मुल तयारि समितिका सयोजक एब दाङ शाखा सभापति शरद रेग्मीले सम्मेलन सफल पार्न भुमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।