दाङका सबै विद्यालयमा प्रारम्भीक कक्षा पढाई शुरु

दिप्तीशिखा चौधरी

दंगीशरण, ७ पुस ।

दाङका सबै सामुदायिक विद्यालयमा प्रारम्भीक कक्षा पढाई कार्यक्रम लागु हुने भएको छ । कक्षा १ देखि ३ सम्मका अपाङ्गता भएका बालबालिकाहरुको पठन सीप सुधार गर्ने उद्देश्यले कार्यक्रम लागु गर्न थालिएको हो । अपांगता भएका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षणको माध्यमबाट अपाङ्गता भएका बालबालिकाहरुको पढाई सीपमा सहयोग पु¥याउन उक्त कार्यmक्रम लागु गर्न थालिएको हो ।

विभिन्न तहको सस्थागत तथा प्राविधिक क्षमता अभिबृद्धि गर्ने , विशेष अपांङ्गता भएका बालबालिकाहरुकालागि तयार गरिएको समावेशी शिक्षणका विभिन्न नमूनाहरुको परिक्षण एंव विस्तार गर्ने उद्देश्यले उक्त कार्यक्रम लागु गर्न लागिएको अपाङ्ग मानव अधिकार एंव सरोकार मञ्चका कार्यक्रम अधिकृत कृष्ण चौधरीले बताए ।

अवदेखि दाङका चारसय १९ वटा सामुदायीक विद्यालयहरुमा यो कार्यक्रम लागु हुनेछ । आधारभुत विद्यालय तीन सय २४ वटा , माध्यमिक विद्यालय ९५ वटा, स्रोत कक्षा संचालन भएको ५ वटा विद्यालयमा उक्त कार्यक्रम कार्यान्वयन हुन लागेको हो ।

अपांङ्गता भएका बालबालिकाहरुको कक्षा मै प्रारम्भीक गर्न र पछिको अवस्था बिग्रिनबाट जोगाउन, पहिचान भएका बालबालिकाहरुको तथ्यांकहरु अध्याबधिक गरि योजना निर्माणका लागि सहयोग गर्न , उनीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउन उक्त कार्यmक्रम लागु गर्न लागिएको हो । प्रारम्भीक कक्षा पढाई कार्यक्रम शुरु हुनु शिक्षा क्षेत्रकालागि सकारात्मक कार्य रहेको कार्यक्रममा दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर