पूर्व सांसद गिरीले चलाएको गाडीको ठक्करबाट बिक घाईते
तुलसीपुर, ४ फागुन ।
नेपाली कांग्रेसका पूर्व सांसद गेहेन्द्र गिरीले चलाएको गाडीको ठक्करबाट एक व्यक्ति घाईते भएका छन् । गिरीले चलाएको बा २० च २२३९ नम्बरको कारको धनगढी घरभई हाल लमही नगरपालिका ७ उचानिम्बु निवासी ३५ बर्षीय रकमबहादुर बिक गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ ।
विकको टाउकोमा गम्भीर चोट लागेको छ । उनको कोहलपुरमा उपचार भईरहेको छ । घटना आईतबार बेलुवा साढे ६ बजेतिर लमही ७ सतबरियामा भएको हो । गाडि र चालकलाई आईतबार बेलुका नै नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालय लमहीमा बुझाईएको प्रहरीले बताएको छ ।
गिरीले कांग्रेस नेता स्व. खुमबहादुर खड्काको सालिक निर्माणकालागि भएको छलफलका क्रममा फर्किने क्रममा दुर्घटना भएको बुझिएको छ ।