हतोसहित भएर गाडीमा आगो लगाईयो : नेकपा

तुलसीपुर, ७ फागुन ।

बिजौरी उद्योग बाणिज्य संघको अध्यक्षका उम्मेदवारको गाडीमा आगजनी गरिएको विषयमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले विरोध जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) समर्थित बाम्पन्थी प्यानलको तर्फबाट अध्यक्षको उम्मेदवार बनेका प्रेमनाथ योगीको गाडीमा आगजनी गरिएको भन्दै निर्वाचनमा हार्ने निश्चित भएपछि हत्तोसाहित भएर आगजनी गरेको नेकपाका जिल्ला ईञ्चार्ज जीवन गौतमले बताए । नेकपा तुलसीपुरले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै बाम्पन्थीका उम्मेदवारले जित्ने निश्चित भएपछि गाडीमा आगजनी गरेको बताए ।

नेकपा तुलसीपुरका अध्यक्ष खुसीराम चौधरीको अध्यक्षतामा भएको सभामा गौतमले दोषीलाई कारवाहीको दायरामा ल्याउन समेत माग गरेका थिए ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ हाडिमे स्थित अध्यक्षका उम्मेदवारकै घर अगाडी पार्किङ गरेर राखिएको गाडिमा अज्ञात समूहले मंगलबार राति आगजनी गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

बा १९ च १७६४ नम्बरको स्कारपिओ गाडिमा राति १२ बजेतिर आगजनी गरेका हुन् । आगजनी कसले ग¥यो भन्ने बिषयमा पहिचान हुन सकेको छैन् । आगजनीबाट गाडिको पछाडिको टायरमा क्षति भएको छ । डिजेलको प्रयोग गरेर आगजनी गरेको पाईएको छ । अज्ञात समूहले आगो लगाउँदै गर्दा जलिरहेको टायर देखेपछि थप क्षति हुन पाएन्

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर