सेन्टरमा कम्प्युटर बनाउने तालिम
तुलसीपुर १३ फागुन ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टरमा छोटो अवधीको सिपमुलक तालिम मंलवारबाट सुरु भएको छ । माध्यामिक विद्यालय तुलसीपुर सेन्टरको आयोजना तथा सिईटिभिटी प्रदेश नं. ५ को सहयोगमा तालिम सुरु भएको हो । जुनियर हार्डवयर टेक्नििसियन पहिलो तह अन्र्तगत कम्प्युटर बनाउने र त्यो संग संवन्धित सबै काम सिकाईने जसमा ६० जना प्रशिक्षार्थी सहभागिता रहेको विद्यालयका प्रध्यानाध्यापक भागवत पौडेलले जानकारी दिए ।
त्यसैगरी विल्डिङ ईलेक्ट्रिसियन तह एकमा ४० जनाको सहभागिता रहेको र बर्ष विल्डिङ ईलेक्ट्रिसियन तह दुईमा २० जना प्रशिक्षार्थीको सहभागिता रहेको पौडेलले बताए । ति २० जना गत बर्ष तालिम लिएका र विभिन्न ईलेक्ट्रियन तालिम लिई तिन बर्ष सम्म काम गरेका विद्यार्थीलाई तह दुईमा सहभागि गराईने उनले बताए ।
तालिममा परिक्षार्थीहरुले ६५ दिन सम्म तालिममा सहभागि हुनु पर्नेछ । तालिममा सहभागि प्रति विद्यार्थी १८ हजार नौ सय रकम आउने र त्यही रकमबाट स्किल टेष्ट फिस, प्रशिक्षकलाई पारिश्रमिक, शैक्षिक प्रयोगात्मक सामाग्री खरिद र त्यही रकमले ६५ दिनको दैनिक पचास रुपैयाको दरले खाजा खर्च दिईने भएको छ । तालिममा तुलसीपुर उपमहानगरपालिकाका सबै वडाबाट सहभागि भएका छन भने केही सेन्टर माविका विद्यार्थीहरुको सहभागिता रहेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलको अध्यक्षता तथा शिक्षा शाखाका प्रमुख देवराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि विश्वकर्माले पढ्ने मात्रै ठुलो कुरा नभएको बताउदै सिप सिकेर पसिना बनाउने मान्छे भएको बताए । उनले सरकार बार्षिक रुपमा पचास हजार यूवाहरुलाई सिप सिकाएर दक्ष बनाउने उदेश्यका साथ लागेको भन्दै काम प्रसितको दुष्टिकोण बदल्नु पर्ने बताए । कार्यक्रमको सहजीकरण भोला पौडेलले गरेका थिए । तालिममा १ सय २० जनाको सहभागिता रहेको छ ।