ज्ञान महायज्ञ सञ्चालन

बसन्ती वली

दाङ,१७ फागुन

अपाङ्गता शसक्तिकरण केन्द्र नेपालको आयोजनामा आगामी बैशाख १२ गते देखि १८ गते सम्म सञ्चालन हुन लागेको श्रीमद् भागवत् ज्ञान महायज्ञ सप्ताहलाई सफल पार्न आज बृहत छलफल गरिएको छ ।

केन्द्रकी अध्यक्ष रजनी शाहको अध्यक्षतामा भएको छलफलमा अपाङ्गता अधिकारकर्मीहरू देवा डाँगी, प्रतिमा शर्मा, देवा भण्डारी, सल्लाहकार सुमन गौतम, संरक्षक गजेन्द्र हमाल, कानुनी सल्लाहकार डिल्लीराज धिताल, एन प्याव्सन प्रदेश ५ का अध्यक्ष सुवोध कुमार डाँगी लगायतले सुझाव र सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।

अपाङ्गता शसक्तिकरण केन्द्र नेपालले गर्न लागेको पुण्य कार्यलाई सफल पार्न सबैले सहयोग गर्नुपर्ने बताएका थिए । सवैलाई समेटेर अगाडि बढ्न आयोजकलाई सुझाव दिए ।
अपाङ्ग मैत्री भवन निर्माण र अपाङ्गता भएका व्यक्तिको बृद्धि, विकास, संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले अपाङ्गता शसक्तिकरण केन्द्र नेपालको आयोजनामा आगामी बैशाख १२ देखि १८ गते सम्म सञ्चालन हुने महायज्ञलाई सफल पार्न घनश्याम उपाध्यायको संयोजकत्वमा महायज्ञ कार्यसमिती सम्पादन समिती गठन गरिएको छ । जसका सदस्यहरूमा सुबोध कुमार डाँगी, ओपेन्द्र रावत, खिम प्रसाद खराल, लिलाधर शर्मा, देवा शर्मा, देवराज रिजाल, किरण शाह, चित्रा बुढाथोकी, तोरण सिं ठारा, चन्दु आचार्य, मोहन भण्डारी, निर्मल बादी, निम वहादुर वस्नेत, खुम वहादुर वली, यमलाल भण्डारी रहेका छन ।

केन्द्रको आगामी २३ गते वस्ने बैठकले उपसमिती गठन गर्ने समेत निर्णय गरेको छ । केन्द्रका उपाध्यक्ष गुरू प्रसाद शर्माको स्वागत मन्तव्य सुरू छलफलको सहजीकरण सचिव टिकाराम वलीले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर