आफुखुसी राहत नबाँड्नुस् ः दाङ प्रशासन
तुलसीपुर, २५ चैत ।
जिल्ला प्रशासन कार्यालय दाङले आफुखुसी राहत संकलन तथा वितरण नगर्न सबैमा अनुरोध गरेको छ ।
मंगलबार सूचना जारी गरि आफुखुसी राहत वितरण गर्ने कार्य राज्यको नीति विपरित भएको हुँदा त्यस्ता कार्य नगर्न, नगराउन अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीका अनुसार स्थानीय तहको समन्वयमा मात्रै राहत वितरण गर्नुपर्ने बताए ।
उनका अनुसार सरकारले आगामी बर्ष बैशख ३ गतेसम्मकालागि नेपालमा लकडाउन गरेको भन्दै ज्यालामजदुरी गरि खाने अत्तिबिपन्न, सिमान्तकृत तथा अफ्टेरोमा परेका ब्यक्तिहरुलाई आफुखसी राहत वितरण नगर्न अनुरोध गरिएको छ ।