क्वारेन्टाइनमा वसेकी महिलाले जन्माइन जुम्ल्याहा बच्चा : जो दुई दिन हिडेर घर पुगेकी थिईन्
दीपक बोहरा
तुलसीपुर, २७ वैशाख ।
दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारी निवासी अनिता यादव । जो कात्तिकमा माइतीघर भारतको बलरामपुर गएकी थिइन् । त्यसयता उनी लामो समय माइती घरमै बसिन् ।
मुलुकमा कोरोनाको त्रास बढ्यो । भारतमा लकडाउन भयो । नेपालमा पनि कोरोना भाईरस(कोभिड–१९)बाट बच्न लकडाउन गरियो । उनका माइतीले पनि पटक–पटक घर जान दवाब दिए । तर, लकडाउनले गाडी चलिरहेका थिएनन् । एम्बुलेन्समा आउन पनि पैसा थिएन । त्यसपछि सुत्केरी व्यथा सुरु हुने दिन नजिकिदै गर्दा उनको एक्लै पैदल यात्रा तय भयो ।
खानेकुरा बोकेरै ल्याएकी थिईन्, त्यसैले बाटोमा खानेकुराको समस्या त भएन्, तर वास बस्न भने समस्या थियो । “कसैको घरमा बास माग्दा पनि दिएनन्” उनले भनिन्“ त्यसपछि कसैको घरको पेटीमा बास बस्नु परेको थियो ।” उनी एक रात देउखुरीको गल्लीमा विताउनु परेको थियो, भने दोस्रो दिन घर पुगेकी थिइन् । यसरी दुई दिन लगातार पैदल हिडेर आएको उनले बताईन् ।
बुधबार घर पुगेकी उनलाई विहीबार तुलसीपुर स्थित क्वारेन्टाइनमा राखियो ।“उनी भारतबाट घर आएको भन्ने थाहा पाएपछि हामीले विहीबार तुलसीपुर स्थित क्वारेन्टाइनमा राखेका थियौ”, तुलसीपुर उपमहानगरपालिका विपद व्यबस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले भने“ क्वारेन्टाइनमा राखेकै दिन दिउसो तिर उनलाई व्यथा लागेपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरियो ।”
यादवले शुक्रबार राती साढे सवा ९ बजेतिर दुई बच्चाको जन्म दिइन् । दुवैजना छोरीहरु रहेका छन् । उनीहरुको प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि अहिले तुलसीपुर स्थित तुलसी हस्पिटल प्रालिमा एनआइसियुमा राखेर उपचार भइरहेको अस्पतालका सञ्चालक तथा वाल रोग बिशेषज्ञ डा. किशोर खत्रीले बताए ।
डा. खत्रीका अनुसार दुवै बच्चाको तौल सामान्य भन्दा कम भएकाले एनआइसियुमा राखेर उपचार गरिएको छ । बच्चाको तौल २.५ केजीदेखि ३.५ केजीसम्म हुने पर्ने भएपनि पहिलो पटक जन्मेको बच्चाको तौल डेढ केजी छ, भने दोस्रो पटक जन्मेका बच्चाको तौल १ केजी २५ ग्राम रहेको छ । कम तौल भएका बच्चाको आन्द्रामा प्वाल पर्ने, स्वास प्रस्वासमा समस्या हुने, सुगर कम हुने भई मृत्यु समेत हुने भएकाले एनआइसियुमा राखेर उपचार गरिररहेको डा. खत्रीको भनाई छ ।
उनीहरुलाई अहिले एन्टिबायोटिक, गुलकोज, तापक्रम ब्यस्थापन गरिएको छ । अहिले दोस्रो बच्चाको अबस्था गम्भीर रहेको समेत उनले बताए । उनको शरिरमा अक्सिजनको मात्रा कमी भएको समेत बताए । सहजै आमाको दूध चुस्ने नहुँदासम्म एनआइसियुमा राखेर उपचार गर्नुपर्ने डा. खत्रीले बताए । उनका अनुसार दुइवटै वच्चा र आमाको उपचारमा लाग्ने सबै खर्च अस्पतालले निःशुल्क उपब्ध गराएको छ , भने तुलसीपुर उपमहानगरपालिकाले खानपिनको व्यबस्थापन गरेको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य पर्वद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले बताए । डा. खत्रीका अनुसार उनीहरुको सबै खर्च दैनिक १४ हजार भन्दा बढि लाग्ने छ । अहिले आमाको स्वास्थ्य भने सामान्य रहेको उनको भनाई छ ।
आमाको स्वाब संकलन गरिदै
आमाको शनिबार नै कोरोना परीक्षणकालागि स्वाब संकलन गरिने भएको छ । त्यसकालागि जिल्लाबाट टोली आएको छ । तुलसीपुर उपमहानगरपालिकाका जिल्ला जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार जिल्ला स्वास्थ्य कार्यालय दाङसंग समन्वय गरेर स्वाब संकलन गर्न थालिएको हो । दुइ बच्चाहरुको भने कहिले स्वाब संकलन गर्ने भन्ने बिषयमा जिल्लाको टोलीसंग छलफल गरेपछि मात्रै टुंगो लाग्ने छ । आमाको यस अघि पनि ¥यापिड टेष्ट गरिएको हो । ¥यापिड टेष्टको रिपोर्ट भने‘नेगेटिभ’ आएको जनस्वास्थ्य निरीक्षक केसीले बताए ।