घरमै औषधी उपलब्ध
तुलसीपुर, २७ वैशाख ।
दाङको तुलसीपुर उपमहनगरपालिका वडा नं. ११ निवासी लिलाबहादुर बस्नेतलाई मुटु रोगको समस्या छ । घरमा औषधी सकिएको र मेडिकल तथा अस्पतालहरुमा पनि औषधी नपाएपछि कसरी औषधीको जोहो गर्ने भन्ने चिन्ता उनी र उहाँको परिवारलाई थियो ।
तर, तुलसीपुर उपमहानगरपालिका र नेपाल फार्मेसी संघ दाङको सहकार्यमा दीर्घरोगीहरुकालागि घरमै औषधी उपलब्ध गराउनुकासाथै अभाब हुने गरेका औषधीहरुपनि बाहिरबाट ल्याएर दिन थालेपछि भने सहज भएको छ । “बुवा मुटु रोगी हुनुहुन्छ, उहाँले नियमित औषधी सेवन गरिरहनु भएको छ”, छोरा धनराज बस्नेतले भने “ तर, लकडाउन पछि पछिल्लो समय बजारमा औषधी पनि नपाईने समस्या भएपछि कसरी औषधीको जोहो गर्ने भन्ने समस्या थियो । यसैक्रममा उपमहानगरपालिकाले अभाब भएका औैषधी, त्यसमा पनि घरमै पु¥याएपछि ढुक्क भएको छ ।” अहिले मुटु रोगीकालागि प्रयोग गर्ने औषधी एक महिनालाई पुग्ने गरि उपलब्ध गराएको उनको भनाई छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ का विनोद राज भण्डारीलाई पनि मुटुरोगको औषधी आबश्यक थियो । उनलाई पनि औषधी नपाईने चिन्ता निकै थियो । बजारमा खोजेको औषधी पाईदैनथ्यो । औषधी अभाब भएपछि तुलसीपुर उपमहानगरपालिका र फार्मेसं संघ दाङमा सम्पर्क गरे । त्यसपछि उनले पनि आबश्यक औषधी पाए । त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं. १० निवासी हिरालाल चौधरीलाई मधुमेहको समस्या छ । मधुमेहको औषधी पनि बजारमा नपाएपछि उनलाई छटपटि थियो । तर उनलाई फार्मेसी संघले औषधी उपलब्ध गरायो ।“ भारतबाट औषधी आउनु पर्छ, अहिले औषधी आउन सकेको छैन्, भनेर हामीले औषधी पनि पाएका थिएनौं”, उनले भने “ तर उपमहानगरपालिका र फार्मेसी संघले हामीलाई घरमै पु¥याइदिएको छ ।”
उनीहरु त केही उदाहरण मात्रै हुन । अहिले जिल्लामा दीर्घरोगीहरुकालागि आबश्यक पर्ने औषधी अभाब भएको छ । औषधी अभाब हुँदा दीर्घरोगीहरुलाई समस्या हुने गरेको नेपाल फार्मेसी संघ दाङका अध्यक्ष सुलभ अधिकारीले बताए ।