शान्तिनगरले नयाँ विकासका योजना अघि नबढाउने
शान्तिनगर ६ जेठ ।
दाङको शान्तिनगर गाउँपालिकाले नयाँ विकास निर्माणको सम्झौता अगाडी नबढाउने भएको छ । गाउँपालिकाको जेठ २ र ५ गते बसेको बैठक पछि सञ्चालनमा आएका योजनाहरु जारी रहेपछि नयाँ योजनाहरु निर्माणको काम अघि नबढ्ने निर्णय गरिएको छ ।
प्रमुख प्रशासकीय अधिकृत नरबहादुर विकका अनुसार गाउँपालिकाका एक जनामा कोरोना संक्रमित भेटिएपछि नयाँ विकास निर्माणका योजनाहरु सम्झौता नगर्ने निर्णय गरेको उनको भनाई छ ।
साथै गाउँपालिकाबाट भुक्तानी लिनका लागि आईतबार र मंगलबार गाउँपालिकामा सम्पर्क गर्न समेत आग्रह गरिएको छ ।