भूमि समस्या समाधान आयोगको सदस्यमा शोभाराम बस्नेतलाई मनोनयन

तुलसीपुर,७ साउन ।

कम्युनिष्ट आन्दोलनका धरोहर तुलसीपुर उपमहानगरपालिका ११ निवासी शोभाराम बस्नेतलाई भुमि सम्बन्धी समस्या समाधान आयोगको केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ । प्रदेश ५ मन्त्री परिषदले प्रदेशको तर्फबाट आयोगको सदस्यमा मनोनयन गर्ने भनि असार १६ गते भएको निर्णय अनुसार बुधबार मनोनयन पत्र उपलब्ध गराईएको हो ।

बस्नेतलाई प्रदेश ५ कि भूमि व्यबस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले मनोनयन पत्र हस्तान्तरण गरेकी हुन् । सो पत्रमा भुमि सम्बन्धी समस्या समाधान गर्न जनता र प्रदेश सरकार प्रतिबद्ध रही कार्य गर्ने अपेक्षा गरिएको छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर