‘भाषा संस्कृतिको संरक्षणमा नयाँ पुस्ता जानुपर्छ’

शिबराज पन्थी

साउन ९ गढवा ।

नेपाल अवधी संस्कृति संरक्षण प्रतिष्ठान केन्द्रिय कार्यालय गढवाको आयोजनामा शुक्रवार बिविध कार्यक्रमका साथ गुडीया पर्व,५२३ औं तुलसी जयन्ती र पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । प्रतिष्ठानका अध्यक्ष रामगोपाल यादवको अध्यक्षता र प्रदेश नम्बर ५ का सांसद तथा कृषि,वन तथा वातावरण समितिका सभापति बिजय बहादुर यादवको प्रमुख आतिथ्य एवं गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको बिशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी सांसद यादवले देउखुरी अवधी भाषा संस्कृतिको उद्गम स्थल भएको बताउदै अवधी भाषा,साहित्य,कला र संस्कृतिको संरक्षण सम्वर्धन र उन्नयनका लागि अब नयाँ पुस्ताले चासो दिन जरुरी भएको बताए ।

कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले सबै भाषा,संस्कृति र कलाको संरक्षणमा गाउँपालिकाले चाँसो दिएको बताउदै अवधी भाषा संस्कृतिको संरक्षण तथा बिकास गर्न सबै यदुबंशी समुदाय एकजुट भएर आपसमा मिलेर लाग्नुपर्ने बताए ।

कार्यक्रममा डुडुवा गाउँपालिका वडानं.३ बाँकेका अध्यक्ष भण्डारीलाल यादव,सात्यिप्रेमी उमाकान्त पन्त,देउखुरी साहित्य मञ्च दाङका अध्यक्ष हरि पोखे्रल,अवधी साँस्कृतिक बिकास परिषद् दाङका अध्यक्ष जगतराम यादव,नागरिक समाज गढवाका संयोजक शंकर पाण्डेय, चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसी,नवस्वर्गद्धारी महिला सहकारी संस्थाका अध्यक्ष रेखा थापा,यादव समाज सेवा संघका महासचिव मिन्तीराम यादव,पुर्व महासचिव रामशरण यादव,रेडक्रसका दिपक कुमार यादव र अवधि पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष सुर्यलाल यादव लगायतले अबधि भाषा,संस्कृति र कलाको संरक्षण तथा उन्नयनका लागि नयाँ पुस्ता जाग्नुपर्नेमा जोड दिए ।

सो अवसरमा रामगोपाल यादवद्धारा लिखित अवधि लोक भजन कृतन औ गित संग्रह श्रीरामकी चरणियामे को बिमोचन गरिएको थियो । बिमोचित कृतीको समिक्षा जनता माबि गढवाका प्रधमनाध्यापक रामसुरत यादवले गर्नुभएको थियो । कार्यक्रममा अवधी भाष समहित्य,कला र संस्कृतिको क्षेत्रमा योगदान गर्नुहुने जगतराम यादव,ललिता यादव र भगवती यादवलाई सम्मान गरिएको थियो । यसैविच पुस्तक प्रकाशनमा सहयोग गर्ने २० जनालाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम रामयण वाचन तथा सावन कजहरीको रौनकताले भरिपुर्ण मनमोहक बनेको थियो ।

रामगोपाल यादवले यसअघि रिहार धाम औं यदुबंशी,अबधि संस्कार नामका पुस्तक र पुनमके चाँद नामक गिति एल्बम प्रकाशन गरिसक्नु भएको र यो उहाँको चौथो कृति रहेको कार्यक्रममा जानकारी गराइएको थियो । यस बाहेक उहाँले गाइगोठैमा जस्ता नेपाली गित संगितमा पनि दख्खल राख्नुहुन्छ । यसअघि रामगोपाल यादव राप्ती साहित्य परिषद्,लेखक संघ दाङ,देउखुरी साहित्य मञ्च लगायतका साहित्यिक संघसंस्थाहरुबाट सम्मानीत भएका छन् ।

अबधि नमूना ग्रामका अध्यक्ष मोहनलाल यादवको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको संचालन प्रतिष्ठानका सचिव रामकुमारी यादवले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर