विरामीलाई फलफूल वितरण

तुलसीपुर, २८ साउन, आहा तुलसीपुर अभियान र दाङ फेमिना ग्रुपले विरामीलाई फलफूल वितरण गरेको छ । बुधबार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका ४५ विद्यार्थीलाई फलफूल वितरण गरिएको हो ।

अन्तराष्र्टिय युवा दिवसको अवसरमा अस्पतालका प्रसुति गृह र आपतकालिन सेवामा रहेका विरामीहरुलाई फलफूल वितरण गरिएको आहा तुलसीपुर अभियानका यामप्रसाद पाण्डेले जानकारी दिए ।

त्यस अवसरमा विरामीले फलफूल पाउँदा खुसी भएको बताएका थिए । विरामीहरुलाई सहानुभूति दिनकालागि आफुहरुले यसरी फलफूल वितरण गरिएको पाण्डेले बताए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर