आयुर्वेदको विकासमा नयाँ पुस्ताको खाचोँ
बिजौरी , २९ साउन ।
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आयुर्वेद क्षेत्रको विकासमा नयाँ पुस्ताको आवश्यक रहेको बताउनुभएको छ । प्रादेशिक आयुर्वेद चिकित्साल बिजौरीले अस्पतालका निमित्त निर्देशक डाक्टर रामकामेश्वर ठाकुरको बिदाईमा आयोजना गरेको कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले ३० शैयाको अस्पताललाई गुरु योजना बनाएर शिक्षण अस्पतालकारुपमा विकास गर्दै सात सय बेड बनाउन सकिने बताउनुभएको हो ।
पाण्डेले भन्नुभयो ‘यो अस्पताललाई प्रदेश सरकारले अघि सारेको एलोपेथिक,प्राकृतिक चिकित्सा, आयुर्वेद चिकित्सा एकिकृत स्वास्थ्य सेवाका रुपमा विकास गरिनेछ ।’ अस्पताल विकास समितिका अध्यक्ष समेत रहनुभएका पाण्डेले तुलसीपुर क्षेत्र योग, पूर्वीय संस्कृति, दर्शनको खानी भएको बताए ।
कार्यक्रममा निमित्त निर्देशक डाक्टर रामकामेश्वर ठाकुरले यहाँका स्थानीयवासी, स्थानीय सरकार, प्रदेश सरकारको सहयोगकै कारण तीन वर्षको अवधिमा महत्वपूर्ण योगदान पु¥याउन सकिएको बताउनुभयो । डाक्टर रामकामेश्वरले भन्नुभयो ‘अस्पतालका डाक्टर, कर्मचारी,स्थानीयबासिन्दा, सरकार सबैको सहयोगमा उत्कृष्ट स्वास्थ्य सेवा र भौतिक पूर्वाधार निर्माणमा काम गर्न सकिएको हो ।’
कार्यक्रममा अस्पताल विकास समितिका पूर्व अध्यक्षहरु प्राध्यापक श्रीधर शर्मा मजगैया, प्राध्यापक भैरव मजगैया, केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डीका प्राचार्य डाक्टर सुनिल कुमार , राप्ती अञ्चल आयुर्वेद अस्पतालका डाक्टर मदन विसी, पत्रकार महासंघ दाङका सहसचिव गोकर्ण पौडेल, अस्पतालका नर्सिङ निरिक्षक विमला भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अस्पतालबाट बिदाई भएर जान लाग्नुभएका डाक्टर रामकामेश्वर यादव, ल्याब असिस्टेन्ड जीतबहादुर डाँगीलाई फूल माला अविर र मायाको चिनो प्रदान गरिएको थियो ।अस्पताल विकास समितिका अध्यक्ष घनश्याम पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अस्पतालका निमित्त प्रमुख डाक्टर गोकर्ण दाहालले गरेका थिए ।