२१ महिलालाई कपडा सहयोग

तुलसीपुर, २ भदौ ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ दुधेना नयाँ बस्तिका २१ महिलालाई कपडा सहयोग गरिएको छ । नजिकिदै गरेको तिजलाई मध्येनजर गरि तुलसीपुर नगर जेसिजको आयोजना तथा तुलसीपुर ८ दुधेना घर भइ हाल अमेरिका रहेका सुबास भट्टराई तथा समाजसेवी उत्तमकुमार श्रेष्ठको पहलमा जेष्ठ तथा एकल महिलाहरुलाई कपडा तथा रकम समेत हस्तान्तरण गरिएको हो ।
तुलसीपुर नगर जेसिज तुलसीपुरका अध्यक्ष मोहन सुनारको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ का अध्यक्ष बेदबहादुर केसीको प्रमुख आतिथ्यमा कार्यक्रम गरि हस्तान्तरण गरिएको हो । त्यस अवसरमा सहयोगी सुबास भट्टराईका बुवा मिनराज भट्टराई, आमा मनकला भट्टराई, वडा सदस्यहरु पबित्रा काफ्ले, इन्द्रजित चौधरीलगाएतको विशेष उपस्थितिमा कार्यक्रम भएको हो ।
कार्यक्रम संयोजक नेत्रलाल भट्टराई (नारायण) को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा तुलसीपुर नगर जेसिजका पूर्वध्यक्ष झरेन्द्र खरेल, सहयोगदाता मीनराज भट्टराईले सुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम संयोजक महासचिव केसबराज केसीले गरेका थिए ।