एम्बुलेन्सबाट खस्दा महिलाको मृत्यु
प्रिया स्मृती गजमेर
लमही, ४ भदौ ।
गुडी रहेको एम्बुलेन्सबाट खसेर देउखुरीमा एक महिलाको मृत्यु भएको छ । राजपुर गाउँपालिका वडा नं. ७ भैँसाहीनाका घर भई हाल लमही नगरपालिका वडा नं. ७ बनघुस्री निवासी ३५ बर्षीया कमला बिकको मृत्यु भएको हो ।
बुधवार साँझ पौने ६ बजे तिर गुडिरहेको एम्बुलेन्सबाट खस्दा गम्भीर घाईते भएकी उनको गएराति कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रज्वल थपलियाले जानकारी दिए ।
नेपालगञ्जबाट उपचार गरेर घर फर्किदै गर्दा भे १ च १६४५ नम्बरको एम्बुलेन्सबाट फर्किने लडेकी थिइन् । एम्बुलेन्स र चालक झुपलाल रोकालाई प्रहरीको नियन्त्रमा रहेको लमही प्रहरीले जानकारी दिएको छ । उक्त एम्बुलेन्स वेस्टर्न हस्पिटल बाँकेको भएको बुझिएको छ ।