कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु, ६३४ संक्रमित थपिए

दाङ, ६ भदाै ।
नेपालमा ६ वर्षीया बालिका सहित थप ९ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै नेपालमा थप ६ सय ३४ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ५ सय १९ वटा स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म ५ लाख ९२ हजार ४ सय १८ जनाको पीसीआर परीक्षण गरिएको छ । विगत २४ घण्टामा जम्मा १ सय २४ जना उपचारपछि डिस्चार्ज भएका छन् भने हालसम्म १८ हजार ३ सय ५० जना डिस्चार्ज भएको डाक्टर गौतमको भनाई छ ।