तुलसीपुर वडा नं. ५ ‘क’ लाईनमा भण्डारी फेमली रेष्टुरेण्ट सञ्चालनमा

तुलसीपुर, १४ भदौ ।

तुलसीपुरमा भण्डारी फेमली रेष्टुरेण्ट सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रम गरि उक्त रेष्टुरेण्ट सञ्चालनमा ल्याईएको हो । काठमाडौंमा ‘फाईभ स्टार’ होटेलमा काम गरेका दक्ष ‘कुक म्यान’ रहेको, पारिवारिक वातावरण, जन्मदिन मनाउन सहज स्थान भएको सञ्चालक केएल भण्डारीले बताए । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ ‘क’ लाईन, राष्ट्रिय बाणिज्य बैंकको पश्चिमबाट सञ्चालनमा उक्त होटेल सञ्चालनमा ल्याईएको हो । जहाँ चिकन बिरियानी, ममका बिभिन्न आइटमहरु, स्न्याक्स् आइटमहरु, लोकल कुखुरा, टर्कीको मासु तथा सेकुवा पाईन्छ ।

साथै फ्रि होम डेलिभरीको समेत व्यबस्था रहेको छ । करिब १० लाखको लागतमा उक्त रेष्टुरेण्ट सञ्चालनमा आएको हो । पछिल्लो समय युवाहरु विदेश पलायन भइरहेको अबस्थामा आफ्ना दुई छोराहरुलाई स्वरोजगार बनाउनका लागि व्यबसाय सञ्चालनमा ल्याएको उनको भनाई छ ।‘धेरै युवा विदेश पलाईन भएको अबस्था छ, मेरो जेठो छोरा पनि विदेशबाट फर्केको र आफ्नो गाउँ–गाउँमा केही गरौं भन्ने चासो देखाएकाले हामीले रेष्टुरेण्ट सञ्चालनमा ल्याएका हौं’, उनले भने‘ यसले युवाहरुलाई स्वरोजगार बनाउन मद्दत पुग्छ ।’

उक्त रेष्टुरेण्टको तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले उद्घाटन गरेका हुन् । त्यस अवसरमा राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा, नेकपा दाङका अध्यक्ष टिकाराम खड्का, तुलसीपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, महासचिब रुपबहादुर खत्री लगायतको सहभागिता रहेको थियो । उनीहरुले तुलसीपुरमा सुविधा सम्पन्न रेष्टुरेण्ट सञ्चालनमा आउनु सकारात्मक कुरा भएको बताए । युवालाई यसरी व्यबसायमा जोड्न सकियो भने बेरोजगारीको संख्यामा कमी आउने उनको भनाई छ ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर