रानीघाट युवा क्लबले ग¥यो कोरोना सचेतन अभियान

डिल्लीराज भुसाल

तुलसीपुर, २७ भदौ ।

तुलसीपुर ७ स्थित रानीघाट युवा क्लबले तीन दिने कोरोना सचेतना अभियानको समापन गरेको छ । राप्ती शान्ति उद्यान चोकमा शुक्रबार एक कार्यक्रम गरि समापन गरेको हो ।

क्लबका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिक सदस्य चित्रा मल्लको प्रमुख आतिथ्य तथा उद्यानका अध्यक्ष डिल्लीराज भण्डारीको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।

क्लबका सदस्य टीका पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि मल्लले जेष्ठ नागरिक चुडा प्रसाद पोख्रेललाई मास्क लगाइ कार्यक्रमको उद्घाटन गरेकी हुन्। बक्ताहरुले क्लबहरु स्थापन हुनु मात्र ठूलो काम नभइ माहमारीमा जनताको सचेतना अभिबृदीमा लाग्नु महत्वपूर्ण भएको बताएका थिए ।

उक्त कार्यक्रम मा नेकपाका खगेश्वोर पराजुली, प्राबि श्रीगैका प्रधानाध्यापक फर्साराम खनाल,नमूना टोल बिकास संस्थाका अध्यक्ष बालाराम रेग्मी,क्लब का सल्लाहकार शंकरमान बिष्टले मन्तव्य व्यक्त गरेका थिए । सोही अबसरमा नमूना हरियाली टोल ,श्रीगणेश टोल,बराहथान टोल,जानकी टोल ,एमेल्चि टोल,जल्धार टोल तथा गणेशपुर पार्कका स्थानीय तथा हिडडुल गर्ने बटुवा सवारी चालक ,सहचलाकलाई निःशुल्क मास्क ,पन्जा तथा आयुर्वेदिक जडिबुटी लहरे गुर्जो बितरण गरिएको थियो ।

कार्यक्रममा क्लबले स्थापन गरेको राहत कोषमा कार्यपालिका सदस्य मल्लले पाँचहजार,राजन भण्डारी ले ५०००, तुलसीपुर ७ गणेशपुरपार्कका नेत्रमनी पोख्रेलले २००० कालाखोलाका मित्रमनी पौडेलले २००० ,सोही स्थानका इश्वरी खनाल ले ५०० प्रदान गरेका थिए ।

क्लबले २४ गते पर्सेनी, २५ गते कालाखोला ,मटेरा घुसरी र २६ गते गणेशपुर पार्क खर्चवा मिलन चोकमा कोरोना सचेतना अभियान तथा मास्क ,पञ्जा र लहरे गुर्जो बितरण गरेको जनाएको छ । क्लबले उक्त अभियानमा आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवाद प्रदान गरेको छ । कार्यक्रमको सहजीकरण क्लबका सचीव डिल्लीराज भुसालले गरेका थिए ।

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर