पछिल्लो २४ घन्टामा थप १५ कोरोना संक्रमितको मृत्यु

तुलसीपुर,२९ भदौ ।
कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा थप १५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँकी ६१ वर्षीया महिला, गोरखाकी ६३ वर्षीया महिला, नवलपरासीकी ६२ वर्षीया महिला, पर्साकी ५५ वर्षीया महिला तथा कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको हो ।
यसैगरी काठमाडौँका ७७, ६२, ७३, ८५ र ७० वर्षका पुरुष, ललितपुरका ५५ वर्षीय पुरुष, भक्तपुरका ७३ वर्षीय पुरुष, मोरङका ४० र ७० वर्षीय पुरुष तथा रामेछापका २३ वर्षीय पुरुषको मृत्यु भएको हो । यससँगै देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३६० पुगेको छ ।