नेपालमा थप १५१३ मा कोरोना संक्रमण पुष्टि

१३ असोज, काठमाडौं ।

पछिल्लो २४ घण्टामा १५१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशाला १० हजार ८९२ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा मात्र ९३४ संक्रमित थपिएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७३१ जना कोरोनाबाट निको भएका छन्। यीसहित हालसम्म निको हुनेको संख्या ५५ हजार ३७१ पुगेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या  २० हजार ३९६ रहेको मन्त्रालयले जनाएको छ। 

Spread the love

प्रतिक्रिया

सम्बन्धित खवर