तुलसीपुरमा‘किट्स जोन’
तुलसीपुर, १५ मंसिर ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ बाहिनी चोकबाट ‘किट्स् जोन’ पसल सञ्चालनमा आएको छ । जुन तुलसीपुरमा बच्चाहरुकालागि नयाँ पसल रहेको छ । एक दशक जापानमा बच्चाहरुको पसलमा अनुभव संगालेर तुलसीपुर उक्त पसल सञ्चालनमा ल्याईएको हो । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ रजौरा निवासी समिप भुषाल र सविता ढकाल(भुषाल)को जोडीले लामो समय विदेशमा काम गरेको भन्दै अब आफ्नै ठाउँमा केही गरौं भन्ने उद्देश्यले उक्त पसल सञ्चालनमा ल्याएको बताएका छन् ।
सञ्चालक भुषालका अनुसार पसलमा बच्चाका क्रिम, तेल, पौष्टिक आहार, कपडालगायत हरेक प्रकारका सामग्री पाईन्छ । करिब ३५ लाखको लागतमा उक्त पसल सञ्चालनमा आएको हो । पसलको सोमबार प्रजातान्त्रि उद्योग बाणिज्य संघका अध्यक्ष जनकप्रसाद खराल, तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष टोपबहादुर घर्ती, तुलसीपुर लाईन्स क्लब अफ ईसानका अध्यक्ष बुद्धप्रकाश केसीले संयुक्त रुपमा पसल उद्घाटन गरेका हुन् । कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका सचिब ऋषिराम भण्डारीले गरेका थिए ।